Rule 82
वार्षिक परीक्षा नदिने विद्यार्थीलाई कक्षा चढाउने सम्बन्धी व्यवस्था
कुनै विद्यार्थी विरामी परी वा निजको काबु बाहिरको परिस्थितिको कारण निजले वार्षिक परीक्षा दिन नसकेकोे सम्बन्धमा निजको अभिभावकले त्यसको प्रमाण सहित निवेदन दिएमा प्रधानाध्यापकले सो सम्बन्धमा जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा विद्यालयमा भएको अभिलेखबाट त्यस्तो विद्यार्थीले अन्य परीक्षामा राम्रो गरेको देखेमा आवश्यक अनुसार मुख्य मुख्य विषयको परीक्षा लिई सो विद्यार्थीलाई यसरी कक्षा चढाउन सक्नेछ ।
तर,
(१) शैक्षिक सत्र शुरु भएको एक महिनापछि कुनै विद्यार्थीलाई कक्षा चढाइने छैन ।
(२) कक्षा छ र नौ मा कुनै विद्यार्थीलाई कक्षा चढाइने छैन ।